माधव घिमिरेको ‘ढिकी र जाँताको सबाइ’ कविताको समीक्षा - रचना चौतारी

Breaking

Powered By Blogger

August 21, 2020

माधव घिमिरेको ‘ढिकी र जाँताको सबाइ’ कविताको समीक्षा

 

कवि माधव घिमिरेको ‘ढिकी र जाँताको सबाइ’ बालकविता

                                                    - रमेशचन्द्र घिमिरे

नेपाली साहित्यको कविता विधाका अनवरत साधक राष्ट्रकवि माधवप्रसाद घिमिरे (वि.सं.१९७६२०७७) बालकविताका क्षेत्रमा समेत उत्तिकै सफलसशक्त र दरा स्तम्भ हुन् । आधुनिक नेपाली साहित्यको परिष्कारवादी भावधारा र स्वच्छन्दतावादी शैलीशिल्पका अविच्छिन्न सर्जक कवि घिमिरे  बालकविता विधातर्फ प्रखर र ओजस्वी व्यक्तित्वका रूपमा देखा पर्दछन् । नेपाली बालकविताका क्षेत्रमा उनको योगदान अतुलनीयउल्लेखनीय  र सराहनीय छ । जीवनको उत्तरार्धमा आइपुग्दासमेत बाल्यजीवनलाई सम्झने र बालमनोविज्ञानलाई बुझ्ने सामर्थ्य बोकेका घिमिरे बालबालिकाको मन जित्न निकै सक्षम देखिन्छन् । 
 नेपाली बालकविताका क्षेत्रमा उनको योगदान अतुलनीयउल्लेखनीय  र सराहनीय छ । जीवनको उत्तरार्धमा आइपुग्दासमेत बाल्यजीवनलाई सम्झने र बालमनोविज्ञानलाई बुझ्ने सामर्थ्य बोकेका घिमिरे बालबालिकाको मन जित्न निकै सक्षम देखिन्छन् ।

 उनका बालकवितामा शाब्दिक क्लिष्टताशैलीगत जटिलताभावगत दुर्बोध्यता र भाषिक दुरुहताको अभाव छ । कवि घिमिरेको बालकाव्यकारिताका अध्येता मोहनप्रसाद घिमिरेका अनुसार बालकहरूका भावनालाई च्याप्प पक्रेर बाल्यजिब्रोबाट तोतेबोली निकाल्न सक्ने घिमिरे आफै बालक बन्न सफल छन् । वि.सं. २००५ मा गाउँसहर लमजुङको आधार स्कुलमा प्रधानाध्यापक भएताका नै उनले बालकविता र बालगीतको रचना गर्न थालेका हुन् । बालसाहित्यतर्फ उनका ‘घामपानी’, ‘बालालहरी’  ‘सुनपङ्खी चरी’ लगायतका बालकवितासङ्ग्रहहरू प्रकाशित छन् । ‘घामपानी’ बालकवितासङ्ग्रहबाट बालसाहित्यिक यात्राको थालनी गरेका घिमिरे ‘बालालहरी’ सम्म आइपुग्दा पनि उत्तिकै सशक्त र बेजोड देखिन्छन् भने ‘सुनपङ्खी चरी’ मा पनि त्यो प्रवृत्ति अझ जुर्मुराएको पाइन्छ । साहित्यकार एवम् समीक्षक प्रमोद प्रधानका अनुसार बालबालिकाहरूको रुचिउनीहरूको दैनन्दिनी र मनोविज्ञानबालभाषाको प्रयोग र मनोरञ्जनलाई सूक्ष्म अध्ययन गरी लेखिएका कवि घिमिरेका बालकविताहरू नेपाली बालसाहित्यकै महत्वपूर्ण प्राप्ति हुन् । कवि माधव घिमिरेले ‘बालालहरी’ कवितासङ्ग्रहको भूमिकामा बालबालिकाहरूले गाउने गीतमा उनीहरूको अङ्गप्रत्यङ्ग चल्नुपर्छ र सारा हृदय नै ढल्नुपर्छ भनेर आफ्नो अनुभव बताएका छन् । बालजिज्ञासाबालचञ्चलताबालअभिरुचि र बालसुलभ सरलतालाई आधार बनाई बालगीत र बालकविताको रचना गर्ने कवि माधवप्रसाद घिमिरेको ‘घामपानी’ बालकवितासङ्ग्रहमा सङ्गृहीत ‘ढिकी र जाँताको सवाइ’ बालकविताको यहाँ समीक्षा गर्ने प्रयास गरिएको छ ।

       ‘ढिकी र जाँताको सवाइ’ बालकविता ‘घामपानी’ बालकवितासङ्ग्रहमा सङ्गृहीत रोचक र सन्देशमूलक बालकविता हो । दुई पाउको एक श्लोक मानेर हेर्दा यसमा १३ श्लोक र २६ पङक्ति रहेका छन् । सबाई लोकछन्दमा रचित यस बालकवितामा नेपाली लोकजीवनको छाप र प्रभाव रहेको भेटिन्छ । ढिकी र जाँतोजस्ता परम्परागत घरायसी यन्त्रको मानवीकरण गर्दै कविले सुललित र बालसुलभ भाषाशैलीको प्रयोग यसमा गरेका छन् । झिनो आख्यान बोकेको यस कवितामा ढिकी र जाँतोको आपसी झगडा र अहम्लाई कविले रोचक ढङ्गमा प्रस्तुत गरेका छन् । कविताको भावार्थ यस्तो छ -

       दैनिक व्यवहारमा प्रयोगमा आउने मानवीय साधन ढिकी र जाँतोको प्रायः झगडा भइरहन्छ । पिसानीका लागि प्रचलनमा ल्याइने जाँतो र कुटानीका लागि प्रचलनमा ल्याइने ढिकी क्रमशः पिँढी र ढिकरीमा बसी निहुँ खोज्ने गर्छन् । एक बिहान जाँतोले ढिकीलाई दुई पाथी धान खाएर एक पाथी लुकाउँछेस् भन्ने अभियोग लगायो भने ढिकीले जाँतोलाई पनि एक माना खाई दुई माना हग्छस् भन्ने आरोप लगायो । जाँतो र ढिकीको झगडा छिन्न फलामे मेसिन आएपछि जाँतोलाई कमिलाले बोकेर हिमालमा लग्यो अनि ढिकीचाहिँ वाग्लेको घरमा पल्टिरह्यो ।

       अरूको अधीनमा रहनेले आपसमा मिलजुल गरेर बस्नुपर्दछझगडा गर्नुहुँदैन भन्ने नैतिक सन्देश यस कविताले दिएको छ । यान्त्रिकीकृत हुँदै गएको सहरी सभ्यतालाई बिर्सेर कवि यस बालकवितामार्फत गाउँघरतिर फर्केका छन् । प्राकृतिक साधनकै उपयोग गरेर काठबाट बनाइने ढिकी र ढुङ्गाबाट बनाइने जाँतोको परिचय पाउन यस कविताले बालपाठकलाई निकै सघाएको छ । ढिकीले उफ्रने र जाँतोले घुम्ने काम गर्दो रहेछ भन्ने जानकारी पनि कलिला बालपाठकले यस कवितामार्फत प्राप्त गर्न सक्दछन् । समीक्षक बासुदेव शर्मा लुइँटेलका अनुसार यसमा कविले हाँसोको मिठासका साथै व्यङ्ग्यको तीतो पनि पोखेका छन् । विवेच्य कवितामा ढिकी र जाँतोको संवादमा हाँसो मिसिएको छ भने अल्छी र खन्चुवा दासहरू एकापसमा दोषारोपण गरेर भुल्दा घरेलु उद्योगहरू लोप हुन पुगेको व्यङ्ग्य पनि घोलिएको छ । जाँतो र ढिकीको परिचय लेखकीय भाषामा नभई कविले पात्रको संवादबाट प्रस्तुत गरेका छन् । यस कवितामा जाँतोले एकातिर ढिकीलाई नराम्ररी गाली गरेको छ भने अर्कातिर उसको परिचय पनि दिएको छढिकीले पनि त्यसै गरेको छ । जस्तै - 

       ओखलको मुख तेरो भरिँदैन खाएर

     दिनभरि पल्टिराख्छेस् उपरखुट्टी लाएर

     ×××    ×××   ×××   ×××    ×××

    भुँडी तेरो घ्याम्पा जत्रो मुख तेरो खुँडे

     पाहुना झैँ पिँढीमा बस्छस् बडो भुँडे   

                                   (घामपानी पृ. ७)

       ढिकीलाई स्त्रीलिङ्गी र जाँतोलाई पुलिङ्गी क्रियापदको प्रयोग गरेर लेखिएको यस बालकवितामा कविले नेपाली ठेट शब्द तथा झर्रो शब्दको स्वाभाविक प्रयोग गरेका छन् । ढिकी र जाँतोको स्थान आधुनिक मेसिनले आगटेपछि ढिकी बेकम्मा भई त्यसै पल्टेको छ भने जाँतो पनि कमिलाको घरजस्तो भएको छ र दुर्गम गाउँतिर उकालो लागेको छ भन्ने रहस्य कविताको अन्तिम पङ्क्तिमा खुल्न आएको छ । ‘भाइ फुटे गँवार लुटे’ भनेझैँ झगडाको फाइदा उठाएर आधुनिक मेसिनले नेपाली समाजमा प्रवेश पाएको र यस्ता घरेलु उद्योगका साधनहरू क्रमशः विस्थापित हुँदै गएको सन्दर्भ यसमा गाँसिएको छ । कमिलाले जाँतो बोकेर हिमालमा लगेको अतिशय कल्पनाको अस्वाभाविक प्रसङ्ग जोड्नुचाहिँ यस कविताको दुर्बल पक्ष हो । जे भए पनि यो बालकविता पढेर बालपाठकले काल्पनिक आनन्दको अनुभूतचाहिँ गर्न सक्छन् ।                 - भाेर्लेटार, लमजुङ

 

 

 


No comments:

Post a Comment