भाग् कुहिरो भाग् - रचना चौतारी

Breaking

Powered By Blogger

February 01, 2021

भाग् कुहिरो भाग्

भाग् कुहिरो भाग्  (बालकविता)
    रमेशचन्द्र घिमिरे


भाग् कुहिरो भाग्  

भाग् कुहिरो भाग् 

 

हेर्दा आकार छैन 
छेक्छ देखिँदैन
आफ्नो बाटो लाग्
भाग् कुहिरो भाग् 

 

रुवा हो कि भुवा 

बाफ हो कि धुवाँ

धमिलो छ दाग

भाग् कुहिरो भाग् 

 

मन छ उता पुग्ने

गुँडमै कति लुक्ने

भन्छ चरो काग

भाग् कुहिरो भाग्  

 

सधैँ कति डस्छस् ?
कहिलेसम्म बस्छस्
जानै लाग्यो माघ
भाग् कुहिरो भाग् 


      – भोर्लेटार, लमजुङ
२०७७/१०/१९
 

5 comments:

  1. मिठाे छ,बाल कविता! हामी केटेटीमा, ´भाग् कुहिराे भाग् । तेराे घरमा चाेर पस्याे । भाँडाँ कुँडा लुकायाे .... गीत`, गाउँत्याैँ

    ReplyDelete