बालकविताः ऐना हेर्ने मैना - रचना चौतारी

Breaking

Powered By Blogger

July 30, 2021

बालकविताः ऐना हेर्ने मैना


 ऐना हेर्ने मैना (बालकविता)


अघि हेर्दा म छु
पछि कोही छैन
दङ्ग परी मैना
हेरेपछि ऐना
गाजल लगाई कोसमा
उघारेर नैना*
मक्ख परी मैना
हेरेपछि ऐना
राम्री देखिएँ म
आफै हो कि हैन
छक्क परी मैना
हेरेपछि ऐना ।
°°°°°°°°°°°°°°°°°°°
*नैना = आँखा
- २०७८/०४/१६
(भोर्लेटार, लमजुङ)

No comments:

Post a Comment