आमा किताब पढ्छु मः बालगीत

विमला ढुङ्गाना निरौला

बालगीतः 
आमा किताब पढ्छु म

आमा किताब पढ्छु म,
अघि अघि बढ्छु म !
प्रथम हुँदै माथिल्लो
कक्षाहरू चढ्छु म !
 
जान्नँ बाबा वनपाखा
गोठालो र मेला पात
कापी कलम खोज्दछ
हेर्नुस् मेरा साना हात

तस्बिर स्रोतः गुगल
भाइ-बैनीलाई सिकाउँछु
हात समाई लेखाउँछु
स्कुल जान पाए म
शिक्षित भई देखाउँछु

जान्न आमा भेँडी गोठ
लान्न बाख्रा फुकाई
कति बसौँ क्षमता,
आफैभित्र लुकाई
 
पढ्न पाए मैले नि
गर्थे होला ठुलै काम्,
संसार मै  चम्काउँथेँ
आफ्नु अनि देशको नाम !!

 काठमाडौँ (हालः भर्जिनिया ,अमेरिका_


Post a Comment

1 Comments