बालकविता बाह्र महिनाको गीत - रचना चौतारी

Breaking

Powered By Blogger

March 03, 2018

बालकविता बाह्र महिनाको गीत

बालकविता    बाह्र महिनाको गीत

                                                    - रमेशचन्द्र घिमिरे


वैशाखमा कल्कलाउँदो मुना पलाउँछ
जेठको घाम नसम्झाऊ आँत जलाउँछ

आली खनौँ, खेत जोतौँ, बीउ छरौँ, रोपौँ
फुत्केला कि असार महिना मिलिजुली छोपौँ
साउन-भदौ लागेपछि लाग्छ बादल-झरी
तीज मान्न हाम्री दिदी आउँछिन् कसो गरी ?

आकाशले धर्ती धोयो खुसियाली छायो
असोज महिना के आएथ्यो दसैँ पनि आयो
कार्तिकको तिहारमा भैलो खेल्न जाऊँ
रोटी खाऊँ,बहिनीसँग टीका पनि लाऊँ

मङ्सिर लाग्यो भकारीमा भरौँ धान टम्म
पुस-माघको जाडो छेक्न सिरक ओढौँ गम्म
फागुनले नजानिँदो गर्मी बोकी ल्यायो
हुरीसँग उड्दै-उड्दै चैत महिना आयो ।

            -भोर्लेटार, लमजुङ

No comments:

Post a Comment