बन्दिपुरको सम्झनाले ... गीतिकविता - रचना चौतारी

Breaking

Powered By Blogger

August 02, 2018

बन्दिपुरको सम्झनाले ... गीतिकविता

Views from the ridge line new Bandipur

बन्दिपुरको सम्झनाले ...   गीतिकविता


               - रमेशचन्द्र घिमिरे, लमजुङ

कुहिराको घुम्टो ओढी मान्थ्यौ तिमी लाज
बन्दिपुरको सम्झनाले सताउँदै छ आज


गुरुङ्चेको डाँडाबाट तिमीलाई देखेँ
थानीमाईमा बसी जब यौटा गीत लेखेँ
त्यै दिनदेखि बस्यौ तिमी यो मुटुको माझ
बन्दिपुरको सम्झनाले सताउँदै छ आज

सुखौरा र तिन्धारेको झारगाउँ रानीवनको
पार्चे अनि बाहुन भन्ज्याङक‍ो घुमी एक फन्को
लगाइदिने मन छ तिम्लाई शिरमा नौलो ताज
बन्दिपुरको सम्झनाले सताउँदै छ आज 




      





No comments:

Post a Comment