बाबासित रमाउँदै ... : बालकविता - रचना चौतारी

Breaking

Powered By Blogger

August 13, 2022

बाबासित रमाउँदै ... : बालकविता

 

रमेशचन्द्र घिमिरे
बालकविता : बाबासित रमाउँदै ...                               

बाबासित रमाउँदै स्कुल जान्छु म

स्कुल जाँदा कापी र किताब लान्छु म

स्कुल जाने बाटो बाले देखाइदिनु है

पढ्ने लेख्ने कसरी सिकाइदिनु है ?

 

बाबासित रमाउँदै पसल जान्छु म

पसल जाँदा गोजीमा पैसा लान्छु म

पसल जाने बाटो बाले देखाइदिनु है

के के किन्न जाती छ सिकाइदिनु है ?

 

बाबासित रमाउँदै खेतमा जान्छु म

खेतमा जाँदा कोदाली सँगै लान्छु म

खेतमा जाने बाटो बाले देखाइदिनु है

आली तास्ने कसरी  सिकाइदिनु है ?

 

बाबासित रमाउँदै सहर जान्छु म

सहर जाँदा झोलामा खाजा लान्छु म

सहर जाने बाटो बाले देखाइदिनु है

बाटो काट्ने कसरी सिकाइदिनु है ?

 

 

 

No comments:

Post a Comment