गालाको कोठी (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

September 19, 2020

गालाको कोठी (बालकविता)

रमेशचन्द्र घिमिरे

गालाकाे कोठी  : बालकविता

रुँदै रुँदै भनेकी सानी बैनी ज्योतिले 
मेरो रूपै बिगार्यो गालाको यो कोठीले
आँसु चुहाई दिनदिनै रुँदा रुँदा गएन
साबुन र पानीले मुख धुँदा गएन 
 
दलूँ कि त ओखती फुटालेर फालूँ कि !
कि त जे जे भै जाओस् सधैँभरि पालूँ कि !
दबाई अनि बुटीले केहीले छुँदा गएन
जान्छ होला भनेको मुख धुँदा गएन
 
भन्नुभयो आमाले केको पिरसुर्ता हो ?
तिमी राम्री भएकी यै कोठीले गर्दा हो
कुरा त्यस्तो रैछ र पो यस्तो हुँदा गएन
कोट्याउँदा गएन मुख धुँदा गएन ।

 

            (२०७७-०६-०२)  

            भोर्लेटार, लमजुङ


No comments:

Post a Comment