बालकविता आऊ आफ्नै घर - रचना चौतारी

Breaking

Powered By Blogger

April 11, 2020

बालकविता आऊ आफ्नै घर




बालकविता   

       आऊ आफ्नै घर
                 —रमेशचन्द्र घिमिरे

किन जान्छौ पर  ?
आऊ आफ्नै घर 

न त घामको चर्को
न पानीको दर्को

घरभित्रै बस्दा
हुन्न केहीको झर्को

यस्तो कतै छ र  ?
आऊ आफ्नै घर

न भालु न बाघ छ
न त चोर लाग्छ
ढोका बन्द गरेपछि
सातो आफै भाग्छ

छैन केहीको डर
आऊ आफ्नै घर

बाजेदेखि नाति
सबै कति जाती
बस्छन् रमाउँदै
भई साथी–साथी

नहोऊ तर–तर
आऊ आफ्नै घर ।
             – भोर्लेटार, लमजुङ


No comments:

Post a Comment