गीतिकविता गरिबको दसैँ - रचना चौतारी

Breaking

Powered By Blogger

April 11, 2020

गीतिकविता गरिबको दसैँ

गरिबको दसैँ    (गीतिकविता)
                  - रमेशचन्द्र घिमिरे
हाम्रो घरमा खुसियाली छाए पनि हुन्थ्यो
नत्र भने जाबो दसैँ नआए पनि हुन्थ्यो

ठूल्छोरालाई जाँगे छैन स्यान्छोरीलाई जामा
धोती फाट्यो किन्देऊ भन्छे छोर्छोरीकी आमा
आफूले नि सुर्बाल फेर्न पाए पनि हुन्थ्यो
नत्र भने जाबो दसैँ नआए पनि हुन्थ्यो

मीठो चोखो मसिनाको भात चाख्नलाई
आँगनीमा कालो बोको बाँधी  राख्नलाई
यो मन भन्छ त्यसो गर्न पाए पनि हुन्थ्यो
नत्र भने जाबो दसैँ नआए पनि हुन्थ्यो ।
         -मध्यनेपाल नगरपालिका-६, भोर्लेटार, लमजुङ 

No comments:

Post a Comment