अम्बाको डाली - रचना चौतारी

Breaking

Powered By Blogger

April 16, 2020

अम्बाको डाली

अम्बाको डाली  (बालकविता) 
        - रमेशचन्द्र घिमिरे
`स्यानी´ भन्ने नामले
डाकिन् सानी आमाले
`अम्बा खोज डालीमा
राख अनि थालीमा´

अन्तर-कुन्तर केलाइछन्
मनमा कुरा खेलाइछन्
`अम्बा भए डालीमा
ल्याउँथेँ मैले थालीमा´

`राम्रोसँग सोचे है !
बाहिर गई खोजे है !
पक्कै छ त्यो डालीमा
टिपी ल्याऊ थालीमा´

काकीको यो बानीले
दिक्क मानिन् नानीले
`भएदेखि डालीमा
ल्याउँथिनँ र थालीमा ?´

करेसामा गइछन्
बल्ल खुसी भइछन्
रै´छ रूखको डालीमा
टिपी ल्याइन् थालीमा ।

    - भोर्लेटार, लमजुङ
२०७६/०४/२६

No comments:

Post a Comment