दु:ख दिने मुसो - रचना चौतारी

Breaking

Powered By Blogger

April 16, 2020

दु:ख दिने मुसो

दु:ख दिने मुसो   (बालकविता)
         - रमेशचन्द्र घिमिरे
पहिले सानो थियो
अहिले ठूलो भयो
यो मुसाले मलाई
दिनु दु:ख दियो


न त बिरालोले
यसलाई ठीक पार्छ
न त मुक्का मारी
जम्मै दाँत झार्छ

सधैँ सधैँ मैले
अब कहाँ पाल्छु
पत्ती खोज्न थाल्छु
खुर्किएर फाल्छु

हेर हेर छि छि !
कस्तो टुसै-टुसा
हटे पनि हुन्थ्यो
मेरो हातको मुसा !
        २०७६/०४/०६
https://www.saranginews.com/kala-sahitya/2377

No comments:

Post a Comment