कमलाको फूलबारी बालकविता - रचना चौतारी

Breaking

Powered By Blogger

April 15, 2020

कमलाको फूलबारी बालकविता

कमलाको फूलबारी (बालकविता)
    - रमेशचन्द्र घिमिरे 
किन चाहियो बगैँचा, 
किन चाहियो गमला
आँगनीको डिलमा 
फूल रोप कमला

सहरबाट हरि दाइले 
बेर्ना ल्याई सारेका
ज्ञानु भाइले छेस्काले 
चारैतिर बारेका


कुटो ल्याई एक् फेर
गोड्छु भनी आ´की छन्
स्यानी भाउजू जमुना 
साह्रै खुसी भा´की छन्  


कति बेला इन्द्रेनी 
लुक्यो होला घारीमा
छर्किएछ सातवटै 
रङ्ग फूलबारीमा


राता, नीला, पहेँला 
रङ्ग थरिथरिका
रस चुस्न मौरीले 
जानेको छ तरिका

आएका छन् रमाउँदै
पुतली र भमरा
फुलबारीलाई हेरेर
मक्ख परिन् कमला ।

     -भोर्लेटार, लमजुङ
   (२०२८/१२/१८)


No comments:

Post a Comment