लामो काने खरायो बालकविता

लामो काने खरायो (बालकविता)

          - रमेश चन्द्र घिमिरे

छानी छानी नरम
चपाई करम्-करम
मीठो मीठो बारीको
खोजी दुबो घारीको
घाँस खाने खरायो
लामो काने खरायो

लान्छु भन्छन् दाइले 
लान्छु भन्छ भाइले
खोसाखोस् भो बिचरो
पर्नु पिर पर्‍यो 
कल्ले लाने खरायो 
लामो काने खरायो 

खोरबाट भागेर
मेरो पछि लागेर
जैले पनि सताउँछ
मैलाई मात्र पछ्याउँछ
स्कुल जाने खरायो 
लामो काने खरायो ।
           - भोर्लेटार, लमजुङ 
(२०७६/०६/०२)

Post a Comment

0 Comments