बालकविता दाइको बिहे - रचना चौतारी

Breaking

Powered By Blogger

April 15, 2020

बालकविता दाइको बिहे

बालकविता       दाइको बिहे     
    

-रमेशचन्द्र घिमिरे

आज दाइको बिहेमा
सबै जन्त गा'का छन्
कोही केटाकेटी छन्
कोही बूढापाका छन्

म त घरमै थन्किएँ
नराम्ररी रन्किएँ

"तिमी अल्लि सानी छौ
तिमी धेरै ज्ञानी छौ"
फकाउन नि कति साह्रै
जानेकी हुन् आमाले
म्वाइँ खाइन्, आँसु पुछिन्,
चक्लेट दिइन् छ्यामाले

न त काखमा लिन्छन्
न त जान दिन्छन्
मभन्दा'नि सानो भाइ
गयो छाता ओढेर
रुवाई-रुवाई मलाई
घरमा यसै छोडेर

पछि कुरा बुझेर
कल पनि गरिनँ
जान्छु-जान्छु भनेर
बल पनि गरिनँ
कसार खाई रमाइयो
कुरा बल्ल थाहा पाइयो

म त छोरी मान्छे रे !
म त घरको भान्छे रे !
           -भोर्लेटार, लमजुङ ।
  (फोन नं. ९८५६०६०५५९)

No comments:

Post a Comment