बालकविता : गोपी दाइको टोपी - रचना चौतारी

Breaking

Powered By Blogger

October 29, 2022

बालकविता : गोपी दाइको टोपी

 गोपी दाइको टोपी (बालकविता)

        - रमेशचन्द्र घिमिरे            

हाम्रा प्यारा स्यान्दाजै नाम यिनको गोपी

साह्रै राम्रा देखिए पैह्रिएर टोपी


अरू टोपी भन्दा त ढाका सक्कली

टोपी लाउँदा मामा र काका सक्कली 


गोपी दाइलाई सुहायो टोपी लगाएर

म नि टोपी लाउने हो कस्तो हुन्छ हेर


पैसा मागी बासँग नयाँ टोपी किन्छु

टोपी लगाई म पनि चट्ट परी हिँड्छु


मेरो सानो मुडुलो शिर अब छोपी

गोपी दाइ झैँ म पनि लगाउँछु टोपी ।

––––––––––––––

भोर्लेटार, लमजुङ

********************

बालसाहित्यसँग सम्बन्धित अन्य सामग्री पढ्न र फलो गर्न  यहाँ थिच्नुहोस् ।

No comments:

Post a Comment