इन्द्रकुमार श्रेष्ठको कोरोना विषयक बालकविता - रचना चौतारी

Breaking

Powered By Blogger

April 17, 2020

इन्द्रकुमार श्रेष्ठको कोरोना विषयक बालकविता

कोरोनाको बिदालाई

 (बालकविता)
   - इन्द्रकुमार श्रेष्ठ 
लालुपाते बाबरी 
सयपत्री रोजमेरी
गमलामा रोपेको 
हुँदै मैले जाँगरी ।


काँक्रा, फर्सी खोजेर
सिमी, बोडी रोजेर
रोपें, पछि खाउँला
अरूलाई नि’ बाँडेर ।

कथा पढ्दै रमाएँ 
बाजा सिकी बजाएँ
सफासुग्घर गरेर
कोठा पनि सजाएँ ।

आपत् आयो कसरी
खेप्नैपर्ने जसरी
कोरोनाको बिदालाई
बिताउँदै छु यसरी । 
    - कमलाकुञ्ज, ओखलढुङ्गा।

No comments:

Post a Comment