रमेश लामिछाने `अविरल´ को गजल - रचना चौतारी

Breaking

Powered By Blogger

April 09, 2020

रमेश लामिछाने `अविरल´ को गजल



गजल

- रमेश लामिछाने 'अविरल'



अति दु:ख गर्छन् बाले, सुख कहिले पाउने होला ?
पट्ट फुट्या पैतालाले, सुख कहिले पाउने होला ?


व्यवस्थाले    रङ बदल्यो,  रीति   उस्तै उस्तै  रह्यो
किसान मजदुर भरियाले, सुख कहिले पाउने होला ?

निर्धो ठानी बारम्बार उस्ले तिखा नङ्ग्रा गाडेको छ
लिपुलेक  लिम्पुधुराले, सुख कहिले पाउने होला ?

मदन कहाँ मुना छिन् यहाँ विगतजस्तै छ तड्पन अझै
बितेन दिन  सुबिस्ताले,  सुख कहिले पाउने होला ?

माग्नेलाई लात्ती ठोकी  मन्दिर  छिर्दैछ त्यो धर्मात्मी
पत्थर  पुज्ने  मनुवाले, सुख कहिले पाउने होला ?
          - मध्यनेपाल न.पा.-६, भोर्लेटार, लमजुङ ।

No comments:

Post a Comment