यो हो बाँसको तामा ! (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

April 10, 2020

यो हो बाँसको तामा ! (बालकविता)

यो हो बाँसको तामा !   (बालकविता)

    -------- रमेशचन्द्र घिमिरे

माथि शिरदेखि
तल पाउसम्म
छोपी जिउ टम्म
बस्छ गजधम्म
लगाएर जामा
यो हो बाँसको तामा !
पैल्यै उमालेर
तीतो स्वाद मारी
ट्वाक्क पारी पारी
खाअौँ तरकारी
भन्नुहुन्छ आमा
यो हो बाँसको तामा !

कुनै अल्लि छोटा
कुनै चाहिँ लामा
हेर्न जाअौँ मामा
तल पखेरामा
गाडिएझैं खामा
यो हो बाँसको तामा !
                       ...... भोर्लेटार, लमजुङ ।
बालप्रज्ञा-१ मा प्रकाशित

No comments:

Post a Comment