सबै मेरा साथी (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

April 10, 2020

सबै मेरा साथी (बालकविता)

सबै मेरा साथी (बालकविता)

       - रमेशचन्द्र घिमिरे

बाआमाको प्यारो छोरा
हजुरबाको नाति
भाइबैनीको दाजु हुँ म
साथीको हुँ साथी


दाजुदिदी  भन्नुहुन्छ
मेरो भाइ जाती
गुरुको म विद्यार्थी हुँ,
विद्यार्थी नै साथी

आफ्नो काम आफै गर्न
खट्ने दिनराति
गोठाला र खेताला हुन्
मेरा सङ्गीसाथी

मान्छे सानो भई के भो
ठूलो छ यो छाती
मेरा लागि गरिब अनि
धनी पनि साथी

हिमाल, पहाड, तराईलाई
चढाई फूलपाती
नेपालकै पूजा गर्छु,
नेपाली हुन् साथी
        -भोर्लेटार, लमजुङ

No comments:

Post a Comment