ललिता ‘दोषी’को बालकविता

 ललिता ‘दोषी’

आमा


मनको सुख दिए पुग्छ 
भन्छिन्  मेरी आमा 
उनलाई खुसी पार्न
गर्छु राम्रो काम 

संसारमा सबैभन्दा 
आमा नै हुन् ठूली
उनकै सेवा गर्छु म त 
सारा संसार भुली 

प्यारी आमा जहाँ जान्छिन् 
म त त्यहीँ जान्छु 
मीठोचोेखो बाँडीचुँडी 
सँगसँगै म  खान्छु 

साह्रै दुःख कष्ट गरी
हुर्काइन् है उनले
सकिँदैन गुन तिर्न 
छाउँदा पनि सुनले । 
                                  बुद्धनगर काठमाडौँ

Post a Comment

0 Comments