बालकविता : बिरालीको बिहे


बिरालीको बिहे  (बालकविता)

                                                        रमेशचन्द्र घिमिरे 

आज सानी बिरालीको बिहे हुँदैछ
बिहे हुने कुराले मन रुँदैछ

यो कलिलो उमेरमै बिहे छिनेछन्
किन्न पनि गहना कति किनेछन्
साह्रै राम्री देखिइन् सुनको चुरीले
दङ्ग परी हेर्दैछन् भुराभुरीले

टिका पोते लाएर घुम्टो ओढेकी
चिरिच्याट्ट परेर कपाल कोरेकी
सुनैसुनले पुरेर जीउ लपक्क‌ै
उठ्न पनि सकिनन् बसिन् थपक्कै

शिरफूल लाइन् शिरमा ढुम्री कानमा
दुलही बनी जाने भइन् यत्ति सानामा
माइती छाेडी घरमा जाऊ बिराली
भो भो अब नरोऊ मनमा पीर लिई !

     २०७५/०६/०४, पोखरा 



Post a Comment

0 Comments