चोरी खानु हुँदैन (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

April 23, 2020

चोरी खानु हुँदैन (बालकविता)

चोरी खानु हुँदैन  
रमेशचन्द्र घिमिरे 


हिजो राति गौवामा 
तातो दूध राखेको
अहिले भयो अमिलो 
कान्छो भाइले चाखेको


गौवाभित्र घुसारी 
हात गाडी खाएछ
लुकाउन खोजेथ्यो 
तर ओठमा लाएछ

भँडारबाट निस्कँदा 
हात पुछ्यो भाइले
चियाएर सुटुक्क 
देखे ठुला दाइले

आँखा छली आमाक‍‍ो 
भाइले चोर्न हुन्थेन
आमाले नि त्यत्तिकै 
खुलै छ‍ोड्न हुन्थेन

सम्झाउनु भो बाबाले 
लुकी चोरी नखाऊ
चोर्ने दाउ गरेर 
भँडारमा नजाऊ

मागे राज्य पाइन्छ 
चोरे गाल पाइन्छ 
जति जेजे चाहिन्छ  
मागीमागी खाइन्छ

हजुर बाले भन्नु भो 
नातिना र नाति हो 
चोरी खानुभन्दा त 
मागी खानु जाती हो ।

  - भोर्लेटार, लमजुङ (२०७५/०६/२९)

No comments:

Post a Comment