माकुराको जालो (बालकविता)

रमेशचन्द्र घिमिरे



माकुराको जालो    

सफा थियोे भित्तो
अहिले भयो कालो
मिल्काउनु पर्‍यो
माकुराको जालो


बाले भन्नुभयो
सबै मिली फालो
कुचो लिई झारो
माकुराको जालो

लामो लट्ठी खोज्छु
बाँध्छु थोत्रो टालो
हटाउँछु पूरै
माकुराको जालो

रहर छ मलाई
दिनु बाबा पालो
फाल्छु मैले पनि
माकुराको जालो

मेरो सानो भाइले
घोप्ट्याएर डालो
खुट्टा टेकी फाल्यो
माकुराको जालो ।

    - भोर्लेटार, लमजुङ   (२०७७/०२/०८) 

Post a Comment

0 Comments