शोभाराम ओलीका मुक्तकहरू

तीन मुक्तक 

शोभाराम ओली , रोल्पा 

सपना मेरो बीच बाटोमै रेटिन्छ कि डर लाग्छ
कोरोना जस्तो महामारी भेटिन्छ कि डर लाग्छ
सुरक्षित रहन साबुनसँगै पानीले हात धुँदा,
हातका मेरा भाग्यरेखा मेटिन्छ कि डर लाग्छ ।

सुरक्षाको कारण बाहिर डुलिने छैन
साथी र सङ्गीको बिचमा खुलिने छैन 
कोरोनासँगको लडाइँ जितियो भने, 
बाँचुन्जेल यो पल यो क्षण भुलिने छैन ।

भनिन्छ जनताहरूको सहारा हो सरकार
दूर दराजसम्म चम्किने तारा हो सरकार
कोरोनाको पुष्टि हुन्छ जब मान्छे मरेपछि,
यसरी देश चलाउने के पारा हो सरकार ?


हाल : दोहा, कतार

Post a Comment

0 Comments