जूनतारा सङ्गमको गजल - रचना चौतारी

Breaking

Powered By Blogger

May 23, 2020

जूनतारा सङ्गमको गजल

गजल 

जूनतारा सङ्गम
फैलाउनस्  हल्ला   चारैतिर  सबैकाे हित हुन्छ
नेतालाई सजिलाे छ काम बोलीमै सीमित हुन्छ।

धनीहरु कमाउनैमा तल्लीन छन् भङ्ग नगर्नुस्
दुःखीलाई साथ दिने वाला त दुःखी पीडित हुन्छ

गर्भमै युद्ध जितेर आएकाे म तर्साउन नखाेज्नुस्
म याे कुरामा ढुक्क छु सत्यकाे सधै जित हुन्छ

नाटक गर्न माहिर छ याे दुनिया कलाकाे कमी छैन
घटना घटाउने वाला नै सबभन्दा बढी चकित हुन्छ

तपाई प्रमाण माग्नुहुन्छ हानि नाेक्सानीकाे 
दिलभित्रकाे क्षति अदृश्य हुन्छ अलिखित हुन्छ । 

      स्याङ्जा 

(हाल : कृषि विकास बैङ्क भोर्लेटार, लमजुङ)

No comments:

Post a Comment