ऐना साथी ! (बालकविता)
रमेशचन्द्र घिमिरे |
तैँले हेरिस् मलाई
म रुँदा तँ रुन्छस्
हाँस्दा खुसी हुन्छस्
टोलाउँछस् कैले
बोलाउँछस् कैले
हाँस्छस्, ठुस्स पर्छस्
जे गर्यो त्यै गर्छस्
मैले भन्या मान्ने
साथीजस्तै ठान्ने
सधैँ एक-अर्का
बाँड्ने पीर-मर्का
हेर कस्तो जाती
मेरो प्यारो साथी
छैन स्वार्थी मन
के हो लौ लौ भन
अरू केही हैन
यो हो प्यारो ऐना ।
No comments:
Post a Comment