श्रीबाबु कार्की उदासको बालकविता - रचना चौतारी

Breaking

Powered By Blogger

May 06, 2020

श्रीबाबु कार्की उदासको बालकविता

बालकविता : असिनाका दाना
श्रीबाबु कार्की उदास

आकाशबाट चिसो-चिसो झरे साना दाना
के होला त्यो चिसो दाना, टिपे एक माना

खान पनि हुन्न अरे, राखे बिलाई जाने
पानीसँगै झर्दो रै´छ, मोती जस्तै ठाने

आमालाई नि भनेँ मैले, बाबालाई नि भनेँ
बताइदिनुस् के हो त्यस्तो ? बिलाएर जाने

भाइ पनि रुझ्दै भन्छ, टिपौँ मोती दाना
यै बेचेर किनौँला नि, क ख लेख्ने पाना

फलफूलका फूल पनि झारिदियो सप्पै
थोरै बेर आउँदो रै´छ अनि भयो ठप्पै

किसानको बैरी अरे, मोती जस्ता दाना
असिना पो भन्दा रैछन्, हुन्न अरे खान !



तामाकोसी- २ झुले, दोलखा

                   ******

No comments:

Post a Comment