बाल लघुकथाः निर्देशन - रचना चौतारी

Breaking

Powered By Blogger

September 25, 2023

बाल लघुकथाः निर्देशन

 


निर्देशनः लघुकथा

                         - रमेशचन्द्र घिमिरे

'सर, हेर्नु न ! यसले कपाल लामो बनाएर आउँछ । मैले भनेको कहिल्यै पनि मान्दैन ।'
क्लास मनिटरले साथीलाई सङ्केत गर्दै नयाँ शिक्षकसँग गुनासो गर्‍यो ।
नयाँ शिक्षकले सुनेको नसुन्यै गरेर कुरा फिसोल्दै पढाउनतिर मात्रै लागे ।
नयाँ शिक्षक भोलिपल्ट सोही कक्षामा पढाउन जाँदा हिजोको गृहकार्य गरे नगरेको चेक गर्न खोजे । अनि हिजोको कुरा सम्झँदै क्लास मनिटरसँग भने- 'अँ साँच्ची तिमी हिजो केही भन्न खोज्दै थियौ है ?' यति भनेपछि लामो कपालवाला विद्यार्थीलाई उठाए र भोलि जसरी पनि कपाल काटेर आउन निर्देशन दिए ।
रमाइलो कुरा त के थियो भने नयाँ सरले हिजो आफै लामो कपाल पालेर आएका थिए, आज बिहान मात्रै काट्न भ्याएछन् ।

----------------------------

२०८०/०६/०८
भोर्लेटार, लमजुङ 

तस्बिर स्रोतः https://www.corepati.com

No comments:

Post a Comment