चिन्ता (लघुकथा) - रचना चौतारी

Breaking

Powered By Blogger

June 02, 2020

चिन्ता (लघुकथा)

लघुकथा : चिन्ता 


   रमेशचन्द्र घिमिरे 

वडाले कोरोना राहत वितरण कार्यक्रम ल्याउने भन्ने  हल्ला सुनियो । लाइनमा बस्न तँछाडमछाड भयो । खुसुक्क सूचना पाएकाले उछिन्न भ्याए। पछि थाहा पाउनेहरू हुँदाखाने वर्गका थिए; लाइनमा तिनीहरू नै पछि परे ।
राहतका लागि ल्याइएको जिनिस केही छिनमै झ्यापझुप भयो । राहत पाउने चाहिँ गमक्क पर्दै बोरा लिएर फर्के । नपाउने जति झोक्राउँदै रित्तै हात फर्के ।

भोलिपल्ट चौतारामा दुई जना महिला चिन्तित अवस्थामा देखिए । एउटीले राहत सामग्री लिएर फर्कँदा औंठी खसालिछन् । अर्की रित्तै फर्किने मध्येकी रहिछन् ।
            

भोर्लेटार, लमजुङ  (२०७७/०२/२१)


No comments:

Post a Comment