बालकविता : चन्द्रमा - रचना चौतारी

Breaking

Powered By Blogger

June 25, 2020

बालकविता : चन्द्रमा

चन्द्रमा  (बालकविता) 
रमेशचन्द्र घिमिरे 

दिनैपिच्छे आकार 
फेर्छ चन्द्रमा
आकाशबाट हामीलाई 
हेर्छ चन्द्रमा 

कहिले पूरै उज्यालो 
कहिले पूरै कालो
घुमिफिरी जूनले 
गर्छ आलोपालो
कति बस्ने आकाशमा 
तल झर न !
साथी ठानी हामीलाई 
माया गर न !

धार बनाई आँसीको 
केर्छ चन्द्रमा 
आकाशबाट हामीलाई 
हेर्छ चन्द्रमा 

जून मामा भनेर 
भन्नुपर्छ रे !
बल्ल पो त हामीलाई 
माया गर्छ रे !
आमासित सोधेर 
नाता चिनेको 
हेर हेर बिस्तारै 
मामा हिँडेको

घुम्टो ओढाई बादलले 
बेर्छ चन्द्रमा 
आकाशबाट हामीलाई 
हेर्छ चन्द्रमा ।

   - भोर्लेटार, लमजुङ (२०७७/०३/१२)
   

No comments:

Post a Comment