हाँडी (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

June 11, 2020

हाँडी (बालकविता)

हाँडी (बालकविता)
पहिले पनि काली अहिले पनि काली
मकै भुट्ने हाँडी ल्याइयो यसैपालि
    चक्र घुमाएर माटो राखेपछि
    गिलो-गिलो बन्यो पानी चाखेपछि
    कुमालेले जब यसमा सीप दियो
    गोलो आरीजस्तै आकार पनि लियो

काँचो हुँदा काली पाक्दा पनि काली
भट्ट भुट्ने हाँडी ल्याइयो यसैपालि
    भट्टीबाट निस्की अगेनामा आई
    धुवाँमुस्ले आगो खानुसम्म खाई
    रातो-रातो जिउ तातो हुँदै गयो
    हेर्दाहेर्दै रङ्ग फेरि कालो भयो
सानी छँदा काली ठूली हुँदा काली
खट्टे भुट्ने हाँडी ल्याइयो यसैपालि
    कुना खोज्दै बस्छे अँध्यारामा खालि
    यसै थिई काली झनै भई काली ।
               रमेशचन्द्र घिमिरे
- भोर्लेटार, लमजुङ (२०७७/०२/२७)
   

No comments:

Post a Comment