बिठ्याइँ गर्न भाइले
कैले सिकेछ
दराज खोली बाबाको
कोट झिकेछ
ठूलो भई अफिसको
हाकिम बन्छ रे !
फुच्चे भाइलाई बाबाझैँ
बन्न मन छ रे !
बाहुला पुग्यो घुँडामा
भाइ करायो
मेरो हातै हरायो
भन्दै डरायो
कत्रो भएँ भनेर
उमेर गन्छ रे !
पुन्टे भाइलाई बा जत्रै
बन्न मन छ रे !
- भोर्लेटार, लमजुङ (२०७७/०३/२०)
0 Comments