कृष्ण सुवेदी " मिराज" को गजल

गजल 

कृष्ण सुवेदी " मिराज"

गहना भएर सजिन सुन पोलिनु  पर्छ, पिटिनु  पर्छ
अमृत जस्तो दूध  आस्थाले मूर्तिमा पोखिनु पर्छ
 
 दीप जलाउने  मैन दीपकै तापले पग्लेर सकिन्छ
विश्वास कसलागर्नु येहा आफ्नै सँ जोगिनु पर्छ
 
झुक्किन्छ आफ्नै नजर कहिलेकाहीँ नराम्ररी झुकिन्छ
उस्तै देखिन्छ कोदो , तेल निस्कन तोरी पेलिनु पर्छ

सम्भावना कहाँ छैन ? पहरा रसाउँछ पत्थरमा पीपल उम्रन्छ
मन्दिरमा चढाउने कमल हो फुल्न  हिलोमा रोपिनु पर्छ
 
साइतमा  आमा शिरमा हात राखेर म रुन्न भन्नुहुन्छ
परे  सहिद बन्नु छोरा अब  यो देश बेच्न रोकिनु पर्छ ।।

-------------------------------------------------

                                       पोखरा

कविसँग फेसबुकमा जोडिन यहाँ थिच्नुहोस् । 

 

 


Post a Comment

0 Comments