बालकविताः ठूलो एकादशीमा - रचना चौतारी

Breaking

Powered By Blogger

November 03, 2022

बालकविताः ठूलो एकादशीमा

 

ठूलो एकादशीमा (बालकविता)

                - रमेशचन्द्र घिमिरे

फूलको थुँगा घुसारी फूलकै रसीमा
लट्ठो तार्न जान्छु ठूलो एकादशीमा

आमालाई सोधेर बालाई सोधेर
लट्ठा बाट्ने बाबियो ल्याउँला खोजेर
सयपत्री टिपेर माला उन्ने हो
माला उन्दै रमाउँदै भजन सुन्ने हो

उखु किन्न जाने हो बालाई भनेर
बाँसक‍ो लिङ्ग‍ो गाड्ने हो खाल्टो खनेर
कमेरा र माटाले लिङ्गो सजाइन्छ
फूल तार्ने बेलामा बाजा बजाइन्छ
 
जाग्राम बस्ने भन्नू भो साइँला बुवाले
खानु खाइयो, अघाइयो रोटी पुवाले
त्रिपालमुनि बसेर भजन गाइयो
भजनका तालमा नाच्न पाइयो
 
चौमासमा बाले बर्त बस्नु भा´काे छ
बालाई पुण्य मिल्ने भो खुसी ला´को छ
फलारीलाई सुन्तला ल्याउँछन् झोलामा
आज हुन्छ रमाइलो पिस्ती खोलामा
 
तुलसीका मठमा पानी छरौँला
मादी दोभान पुगेर पूजा गरौँला
सातुसँग दही र केरा मुछेर
नैबेत खाई फर्कौँला मुख पुछेर ।

****************************
       - भोर्लेटार, लमजुङ 

तस्बिरः गुगल

No comments:

Post a Comment