गङ्गा लिगलको गजल - रचना चौतारी

Breaking

Powered By Blogger

July 29, 2023

गङ्गा लिगलको गजल

 गजल........... 

     - गङ्गा लिगल


यो लेखनी उज्यालो आधार हो

यो  मेरो चम्किलो हतियार  हो ।


यो सदा प्रकाशतिर नै  जान्छ

यो मेरो  रमाइलो आचार  हो  ।


यो त पथ प्रदर्शक  बन्दछ

यो मेरो दियालोको साभार हो ।


जीवन अति सङ्कटमय छ

यो टार्ने विश्वासिलो प्रसार हो ।


यसैले भविष्य सङ्केत  गर्दछ

यो मेरो सुनौलो संसार  हो ।

No comments:

Post a Comment