पुतलीको घर : बालकविता

 

   रामचन्द्र घिमिरे 'शास्त्री'

पुतलीको घर 

कति राम्रो छिर्केमिर्के पुतलीको जिउ
सधैँभरि हेरिराखौँ नेपालको हिउँ

 

तोरीबारी रमाइलो पहेँलपुर फूल
पुतलीलाई माया मार्ने गर्नु हुन्न भुल
मेरी सानी बैनी गर्छिन् कति फर्‍याकफुरुक
पुतलीलाई छोप्न जाऊँ उठ जर्‍याकजुरुक

 

यो फूलको मह चुसी अर्को फूल जाऊ
घुमिफिरी तिमी फेरी यही ठाउँमा आऊ
सम्झाउँदै पुतलीलाई भन्छे बैनी सानी
मौरी जस्तै जम्मा गर्ने नहोस् अरे बानी

 

प्रकृतिको हरियाली तिमी छिरीबिरी
गौँथलीको चिरिबिरी हावा सिरिसिरी
सधैँभरि भइराखे स्वर्ग हुन्थ्यो घर
बस तिमी यसै ठाउँ कतै वर पर ।

Photo : Google


 

Post a Comment

0 Comments