तीजको दर (लघुकथा) - रचना चौतारी

Breaking

Powered By Blogger

September 10, 2023

तीजको दर (लघुकथा)

 लघुकथा: तीजको दर

      -


रमेशचन्द्र घिमिरे 

छोरी बेलुकी आइपुगिन् । घरमा बा, आमा, भाइ-बहिनी थिए, बुहारी थिइनन् । घरमा सासूआमालाई झैँ यता माइतमा आएर पनि आमालाई भातभान्सामा सघाउनु पर्ने भयो ।

भाइ-बुहारीलाई नदेखेपछि सोधिन्,` आमा, बुहारी खै त ?´

`तिजको दर खानलाई बिहानै माइत गई नि !´ आमाले जवाफ दिइन् ।

`कसैको नभएको माइत ! सधैँ माइत जानै पर्छ भन्ने छ र ? पाहुनापाखा आउलान्, यसो घरमा बसेर सघाउपघाउ गर्नुपर्ला भन्ने विचार कहिल्यै आएन है त्यसमा ?´  छोरीको प्रतिप्रश्नमा आमाले केही उत्तर दिन सकिनन् बरु भाइचाहिँ मुसुमुसु हाँस्दै थियो ।

************

२०८०/०५/२५

भोर्लेटार, लमजुङ (हाल: काठमाडौं)


No comments:

Post a Comment