बालकविता: तीज आयो तीजमा - रचना चौतारी

Breaking

Powered By Blogger

September 11, 2023

बालकविता: तीज आयो तीजमा

 तीज आयो तीजमा (तीजे भाकाको बालगीत)

  - रमेशचन्द्र घिमिरे 

तीज आयो तीजमा
मीठो दर खाइयो
आमासँग आमाको 
माइत आइयो

हाँसियो र नाचियो
मस्तसँग रमाइयो
भाका हाली सँगसँगै 
गीत गाइयो

तीज आयो तीजमा
न्यानो माया पाइयो
मामासँग मामाको 
घरमा आइयो ।
-----------

भिडियो हेर्न यहाँ थिच्नुहोला ।




No comments:

Post a Comment