लघुकथा: छात्रवृत्ति - रचना चौतारी

Breaking

Powered By Blogger

September 04, 2023

लघुकथा: छात्रवृत्ति

छात्रवृत्ति ( लघुकथा)  

 

रमेशचन्द्र घिमिरे

विद्यालयमा छात्रवृत्ति वितरण गर्ने दिन थियो । दलित, जनजाति, अल्पसङ्ख्यक, सीमान्तीकृत, छात्रा आदि शीर्षकमा छात्रवृत्ति बाँडिदै थियो । विद्यार्थीलाई बोलाउँदै अभिभावकको रोहबरमा हस्ताक्षर गर्न लगाएर छात्रवृत्ति बाँडियो । हातमा मोटरसाइकलको चापी घुमाउँदै आएका एकजना अभिभावकले छोराको छात्रवृत्ति बुझ्न आएको कुरा बताए र अभिभावकको नाममा सही गरे अनि त्यहाँबाट निस्किए ।
त्यतिनै बेला दुःखजिलो गरेर नातिलाई पढाउँदै आएकी बाहुनी बज्यै प्रधानाध्यापकको कार्यकक्षमा पुगेर भनिन् ,`मेरो नातिको नाम पनि हेरिदिनु न, हेडसर !´`हजुरको नातिले पाउने छात्रवृत्ति कहाँ हो त नि, आमै ! बरु पढाइमा राम्रो गर्न सके भने वार्षिकोत्सवमा पुरस्कार दिन सकिन्छ ।´ प्रधानाध्यापकले इमानदारीका साथ जवाफ दिए । उनले अर्कै शिक्षकलाई खुसुक्क बाहिर बोलाइन् र भनिन् ,`बाबु, मेरो नातिको थर फेर्न त मिल्दैन है ?´

***************************************

२०८०/०५/१८

भोर्लेटार, लमजुङ 

Photo: Google

No comments:

Post a Comment