ढुङ्गे फूलः बालकविता - रचना चौतारी

Breaking

Powered By Blogger

October 27, 2023

ढुङ्गे फूलः बालकविता

 

ढुङ्गे फूल (बालकविता)

- रमेशचन्द्र घिमिरे


ढुङ्गे फूल बनाउने हो आज म पनि
ल्याएको छु खोजेर ठूलो छपनी

फेबिकलमा काठको धुलो मुछेर
दल्नुपर्छ लपक्क ढुङ्गा पुछेर
ठुल्ढुङ्गामा ससाना ढुङ्गा टाँस्ने हो
त्यसकै तल लहरा र पात गाँस्ने हो

दिदी भन्छिन् अचम्मको रैछस् तँ पनि
कताबाट भेट्टाइस् हँ ठूलो छपनी ?

मन्दिराको पर्खालबाट मैले तानेको
ती दिदीले भनेरै हो मैले जानेको
बाटुला र लाम्चा ढुङ्गा खोज्न लगाइन्
मैले खोज्दा उनले नि मलाई सघाइन्

ढुङ्गे फूल फुलाउने थियो सपनी
पाएँ मैले मजाको ठुुलो छपनी ।
---------
२०८०/०७/१०

No comments:

Post a Comment