कोरोनाको डर : बालकविता - रचना चौतारी

Breaking

Powered By Blogger

April 11, 2020

कोरोनाको डर : बालकविता

कोरोनाको डर  (बालकविता)

               - रमेशचन्द्र घिमिरे

आउन पनि कतिकति 
रोग व्याधि आ´को हो
यतिखेर अरूभन्दा 
डर कोरोनाको हो


घरै बस्छु दिनैभरि 
बाहिर कतै निस्किन्नँ म
पैलेजस्तो डुल्दिनँ म 
साथीसँग जिस्किन्नँ म

सुन्दा पनि मुटु काम्ने 
कुन्नि के-के भा´को हो
परीक्षाको भन्दा पनि 
डर कोरोनाको हो

साथीसँग हात मिलाउन्नँ
`के छ ?´ भन्दै मेरो यार
दुइटै हात जोडेर म
गर्छु बरु नमस्कार 

मेरो जस्तै तिम्रो पनि 
पक्कै सातो गा´को हो
त्यसै त्यसै झस्काउने 
डर कोरोनाको हो

रुमालले मुख छोपी 
हाच्छ्युँ गर्नु पर्छ रे
तर्किएर बस उतै 
नत्र रोग सर्छ रे

थुनिएर घरमै बस्दा
कति अत्यार ला´को हो
तिमी, हामी सबैलाई 
डर कोरोनाको हो ।
      - भोर्लेटार, लमजुङ
         
≜🏊(२०७६/१२/१४)

No comments:

Post a Comment