कोरोनाबाट बचौँ बालकविता - रचना चौतारी

Breaking

Powered By Blogger

April 11, 2020

कोरोनाबाट बचौँ बालकविता

कोरोनाबाट बचौँ (बालकविता)

           -रमेशचन्द्र घिमिरे

राम्रो गर्छ हामीलाई राम्रै बानीले 
सफा हुनु पर्दछ बाबु-नानीले

कोरोनाको डर छ विश्वभरमा
आउन्न भन्न सकिन्न हाम्रो घरमा
हात धोअौँ राम्ररी साबुन पानीले
सफा हुनु पर्दछ बाबु-नानीले

कुरा बुझ्नुपर्छ यो बाँचौँ-बचाअौँ
ज्वरो खोकी आएमा झट्ट जचाअौँ
शरीरलाई नछोओस् रोगको खानीले
सफा हुनु पर्दछ बाबु-नानीले

छोड्नु हुन्न नछोड आफ्नो सुसंस्कार
भैगो हात नमिलाऊ गर नमस्कार 
सिकाउँदैछन् ज्ञानीले, बुद्धिमानीले
सफा हुनु पर्दछ बाबु-नानीले

`रुमालले मुख छोपौँ हाच्छ्युँ आउँदा
जाती हुन्छ मुखमा मास्क लाउँदा´
यसो भन्न जानिछन् बैनी सानीले
सफा हुनु पर्दछ बाबु-नानीले ।
      -भोर्लेटार, लमजुङ 
    (२०७६/१२/०८)

No comments:

Post a Comment