बालकविता : आमासँग सोध्छु म - रचना चौतारी

Breaking

Powered By Blogger

April 11, 2020

बालकविता : आमासँग सोध्छु म

आमासँग सोध्छु म  (बालकविता)

         - रमेशचन्द्र घिमिरे

दीर्घ हो कि ह्रस्व हो
कुन्नि के हो कसो हो ?
दराज खोली बाबाको
शब्दकोशमा खोज्छु म
मिल्यो होला भनेर
आमासँग सोध्छु म 

हिसाब गर्न जानिनँ
दाइले भन्या मानिनँ
झोला खोली दिदीको
क्याल्कुलेटर खोज्छु म
मिल्यो होला भनेर
आमासँग सोध्छु म 

इङ्लिस अल्लि साह्रो भो

अर्थ बुझ्नै गाह्राे भो
घर्रा खोली काकाको
डिक्सनरीमा खोज्छु म
मिल्यो होला भनेर
आमासँग सोध्छु म ।

        - भोर्लेटार, लमजुङ

 (२०७५/०४/१६)

No comments:

Post a Comment