हुरी चल्यो हुरी

हुरी चल्यो हुरी   (बालकविता)
- रमेशचन्द्र घिमिरे 

घर पुग्न त्यति टाढा 
थिएन नि दूरी
तर बिचमै अड्किएँ म
हुरी चल्यो हुरी


बैनी छाना हेर्दै होली 
उडाउँछ कि धुरी
भाइ थर्र काम्यो होला 
हुरी चल्यो हुरी

बसे होलान् उता घरमा 
मेरै बाटो कुरी
मेेेेरो आपत् के थाहा बालाई 
हुरी चल्यो हुरी

खाटमुनि लुक्यो होला 
डराएर सुरी
नलुकेर के गरोस् त्यो
हुरी चल्यो हुरी

कैलेकाहीँ त हावाले नि 
गर्छ चुरिफुरी
त्यही हावा बौलाएर 
हुरी चल्यो हुरी ।
     - भोर्लेटार, लमजुङ
         (२०७७/०१/०४)

Post a Comment

0 Comments