सरस्वती श्रेष्ठ `सरू´को आमा खुसी छिन् बालकविता - रचना चौतारी

Breaking

Powered By Blogger

April 15, 2020

सरस्वती श्रेष्ठ `सरू´को आमा खुसी छिन् बालकविता

बाल कविता
********** 
आमा खुसी छिन् 
--सरस्वती श्रेष्ठ `सरू´

काम गर्ने रमाउने 
यही सिकियो
दिमागबाट `अल्छी´ भन्ने
शब्द झिकियो

बाहिर-बाहिर डुलिन्थ्यो
चर्को घाममा
खेल्नमात्रै लागिन्थ्यो
अल्छी काममा

सधैँ गाली खाइन्थ्यो 
बाबाआमाको
वास्ता रत्ति लाग्थेन
घरको कामको

ऐले घरमै बसेर
काम सिकियो
दिमागबाट `अल्छी´ भन्ने
शब्द झिकियो

छोरो बिग्र्यो भनेर 
आमा दु:खी थिन्
सुध्रिएको बानीले
बल्ल खुसी छिन् ।
      - पोखरा

No comments:

Post a Comment