गजल : कोही भन्छन् ... - रचना चौतारी

Breaking

Powered By Blogger

April 18, 2020

गजल : कोही भन्छन् ...

गजल   

रमेशचन्द्र घिमिरे 

कोही भन्छन् हीरा अनि सुन पाए पुग्छ कोही भन्छन् खुर्सानी र नुन पाए पुग्छ

लक्ष्य उँचो हुनेहरू के भन्दछन् भने -
आकाशको चन्द्रमालाई छुन पाए पुग्छ

मान्छेपिच्छे लक्ष्य फरक सोचाइ किन फरक ?
असमानताको फोहोर यो धुन पाए पुग्छ 

मानवता पाखा लाग्दै गएको छ अचेल
मान्छेबाट मान्छेले नै गुन पाए पुग्छ

तिमी भन्छ्यौ - अरूभन्दा ठूलो बन्नू तिमी 
यो `रमेश´लाई मान्छेजस्तै हुन पाए पुग्छ ।
              - भोर्लेटार, लमजुङ ।

No comments:

Post a Comment