शिव त्रिपाठीको गजल


गजल  (पियारी) 
   - शिव त्रिपाठी

गए काला के भो गोरा छन् पियारी 
बुबा आमा गुज्रे छोरा छन् पियारी 


गरिहाले हेलाँ छोरा बुहारी ले
गहना का दुई चार जोडा छन् पियारी 

निकाले भने नि घरै बाट तिनले
बालुवा र गिटी रोडा छन् पियारी 

बसे हात खुट्टा गले जीऊ ज्यानै
सडक मा पेटी छ बोरा छन् पियारी 

लखेटेमा फेरि नगर पालिका ले 
फेवा ताल सेती खोला छन् पियारी ।

         -  हेमजा, पोखरा
(भिडियोको लागि तल राखिएको लिङ्क खोल्नुहोला)
https://m.youtube.com/watch?v=SaYDhY5EQRE&feature=share

Post a Comment

0 Comments