बन्दिपुरझैँ छैन अर्को ... गीतिकविता - रचना चौतारी

Breaking

Powered By Blogger

April 09, 2020

बन्दिपुरझैँ छैन अर्को ... गीतिकविता

बन्दिपुरझैँ छैन अर्को ...   गीतिकविता

                                   - रमेशचन्द्र घिमिरे 

छिनमै अाकाश खुल्छ अनि छिनमै पर्छ पानी
बन्दिपुरझैँ छैन अर्को सौन्दर्यको खानी
नयाँ नयाँ घर छन् तर पुराना छन् कला
दिलकुमारीको दिलझैँ मीठो संस्कृति र गला
हेर्दा चट्ट प्यारो लाग्ने अाँखाक‍‍ो हो नानी
बन्दिपुरझैँ छैन अर्को सौन्दर्यको खानी

डम्म हुस्सु लाग्दा साँझ परेजस्त‍ो हुन्छ
प्रकृतिले अनेक लीला गरेजस्तो हुन्छ
के दिऊँ तिम्लाई नाम भन्देऊ पहाडकी रानी
बन्दिपुरझैँ छैन अर्को सौन्दर्यको खानी ।

No comments:

Post a Comment