![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjHUSedZjy0oCduQi0P15S5S501g28Nwr-p9JW36X50oHGzuz3ykvsi_EDC5PZ1E0rC7irQEZqrqJwIEhrBtF9iEFNj2swWbeasj5dR8FprEZnA9U8_83VxuGuVre4vcbHMjdD7_jyUtpY/s200/FB_IMG_1586585382077.jpg)
बालगीत
– सरस्वती श्रेष्ठ सरू
फूल हेर्दा सधैँ म पर्छु आफै दङ्ग
कसले भर्यो फूलमा यति राम्रो रङ्ग
घामले लाली पोखाउँदा उज्यालो भै खुल्छ
पीर कत्ति छैनझैँ हाँसी-हाँसी फुल्छ
सोधूँ-सोधूँ लाग्छ मलाई जुनू मामासँग
कसले भर्यो फूलमा यति राम्रो रङ्ग
बतासले सुस्तरी फूल छोई भाग्छ
घामले पानी पारेर इन्द्रेणीलाई डाक्छ
इन्द्रेणीझैँ रङ्गिने छैन मेरो ढङ्ग
कसले भर्यो फूलमा यति राम्रो रङ्ग
कसले भर्यो फूलमा यति राम्रो रङ्ग
घामले लाली पोखाउँदा उज्यालो भै खुल्छ
पीर कत्ति छैनझैँ हाँसी-हाँसी फुल्छ
सोधूँ-सोधूँ लाग्छ मलाई जुनू मामासँग
कसले भर्यो फूलमा यति राम्रो रङ्ग
बतासले सुस्तरी फूल छोई भाग्छ
घामले पानी पारेर इन्द्रेणीलाई डाक्छ
इन्द्रेणीझैँ रङ्गिने छैन मेरो ढङ्ग
कसले भर्यो फूलमा यति राम्रो रङ्ग
No comments:
Post a Comment